नेपालका कान्छा अभियन्ता खनाल भारतमा ‘युथ आइकन अवार्ड’ द्वारा सम्मानित

by समतल अनलाइन

काठमाडौं । नेपालका कान्छा सामाजिक अभियन्ता केपी खनाललाई महात्मा गान्धीको १५१ औं जन्म जयन्तीका अवसरमा युथ आइकन अवार्डले सम्मान गरिएको छ ।शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा उनलाई युथ आइकन अवार्डबाट सम्मान गरिएको हो ।

खनाललाई समाजमा उदाहरणीय कार्य गरेको भन्दै फाउन्डेसनले सम्मान गरेको हो ।खनालले सानै उमेरमा संघीय राजधानी काठमाडौंसहितका विभिन्‍न जिल्लामा स्वच्छता र सरसफाइ अभियान चलाइरहेका छन् ।

उनले असहाय र गरीबलाई पनि सहयोग गर्दै आइरहेका छन् । त्यस्तै उनले सामाजिक अभियान चलाएर बाजुरामा अनाथाश्रम निर्माण गरेका छन् ।

 
 
  
 

You may also like