रोकिएन टिपर आतंक, टिपरका कारण हुने दुर्घटना बर्सेनि बढ्दो

by समतल अनलाइन

काठमाडौं।भाद्र ८ गते रातको १० बज्दै थियो, सडकमा त्यति चाप थिएन। पुछाङ भोटे अफिसको काम सकेर तीनकुनेबाट बा३८प २३९३ नम्बरको बाइकमा बिस्तारै जोरपाटीतिर लागे। तर उनको यात्रा बीचमै टुंगियो।सडक कब्जा गरेर अन्धाधुन्ध हुइँकिएको टिपरको निर्मम सिकार बने उनी। तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर दियो।मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुछाङ पनि घटनास्थलबाट जिउँदो उठ्न सकेनन्। अन्य दुईवटा मोटरसाइकलमा सवार चार जनासमेत गम्भीर घाइते भए। टिपरको अन्धाधुन्ध गतिले निम्त्याएको सडक दुर्घटना योे पहिलो भने होइन। बितेका ८ वर्षको तथ्यांक हर्ने हो भने प्रत्येक वर्ष टिपर जोडिएका दुर्घटना बढेको बढ्यै छन्।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार आव २०६९र०७० मा काठमाडौं उपत्यकामा मात्र ६९९ वटा दुर्घटनामा टिपर र टिपरजस्ता ठूला सवारी जोडिएको देखिन्छन् त्यस्तै ०७०र०७१ मा दुर्घटनाको यो संख्या बढेर ८९२ पुग्यो। ०७१र०७२ मा ९४७ मा वटा सडक दुर्घटनामा टिपर जोडिएको तथ्यांक ट्राफिक प्रहरीसँग छ। ०७२र०७३ मा १ हजार २१० वटा दुर्घटना टिपरका कारण भए। ०७३र०७४ मा यो संख्या बढेर १ हजार ४०० पुग्यो।त्यस्तै ०७४र०७५ मा १ हजार ५८० वटा दुर्घटना यही कारण भए। ०७५र०७६ मा यो संख्या बढेर १ हजार ७९१ पुग्यो। र, ०७६र०७७ को दुई महिनामा १६५ दुर्घटना टिपरले गराएको तथ्यांक ट्राफिक प्रहरीसँग रहेका समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

 
 
  
 

You may also like