पूर्व प्रबन्ध निर्देशक चिरन बराललाइ बुद्ध टेलिभिजनबाट सम्मान साथै नयाँ कार्यसमिति सर्वसहमत चयन

by समतल अनलाइन

बुद्ध टेलिभिजनकाे अध्यक्षमा ओम ज्ञवाली, भयो सर्वसहमत नयाँ नेतृत्व चयन
अर्जुन काफ्ले
बुटवल । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनकाे चाैथाे अधिबेशन आज सम्पन्न भएको छ। उक्त कार्येक्रममा बिगतमा गरेको राम्रो कामको प्रसंसा गर्दै भूतपूर्व प्रबन्ध निर्देशक दोय चिरन बराल र जगत पोख्रेललाइ सम्मान गरिएको थियो। आज भएको कार्येक्रम को प्रमुख आतिथि नेपाली काँग्रेसका प्रभावशाली युवा नेता डा. चन्द्र भण्डारीले दौसल्ला ओडाएर प्रसंसा पत्र दिदै उक्त सम्मान दिनुभएको हो।

शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनकाे चाैथाे अधिबेशनले निर्बिराेध नया नेतृत्व चयन गरेकाे छ । अधिबेशनकाे निर्बाचन प्रकृया बाट पुर्व उपाध्यक्ष रहेका ओम ज्ञवालीकाे अध्यक्षतामा सर्बसम्मत नया समिति चयन भएकाे हाे ।

समितिकाे उपाध्यक्षमा गाेपाल ज्ञवाली, सचिबमा तिर्थ प‌गेनी, काेषाध्यक्षमा कृष्ण भण्डारी, सहसचिबमा जेबि गुरुङ चयन भएकाे निर्बाचन समितिले जनाएकाे छ । त्यस्तैगरि सदस्यहरुमा अरुण कुमार श्रेष्ठ, रणबहादुर खनाल, राम बहादुर थापा, दुर्गा नेपाल, नमनारायण बेल्बासे, डाेलराज बस्याल र बिष्णु गौतम रहेकाे प्रमुख निर्बाचन अधिकृत प्रा.डा बुद्धबहादुर थापा र निर्बाचन अधिकृत यमलाल भुसालले बताए।

बुद्ध टेलिभिजन अहिले केबुल नेटवर्क, डन, सिम, क्लियर टिभि नेटर्वक मार्फत देशभर २४ घण्टा नै प्रशारणमा रहेको छ । १२ वर्षमा टेलिभिजन प्रवेश गर्दा समाचार , मनोरञ्जन, जनचेतना, शिक्षा, स्वास्थ्य र विभिन्न भाषामा कार्यक्रमहरु सञ्चालन गर्दै आएको टेलिभिजनका प्रबन्ध निर्देशक बिष्णु भुसालले जानकारी गराउनु भयो।

 
 
  
 

You may also like