रुपन्देहीमा सोमबार १८ जना कोरोना संक्रमित थपिए

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रुपन्देहीमा आज थपिएसँगै कुल संक्रमितको संख्या २ हजार ७२ पुगेको छ  ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार  बुटवल उपमहानगरपालिका ९ महिला ४ पुरुष गरी १३ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना पुरुषमा र तिलोत्तमा नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

जिल्लाका विभिन्न क्षेत्रबाट १३०२ जना निको भएर फर्किसकेका छन भने ७४९ जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।

 
 
  
 

You may also like