आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना, सडक र हवाई मार्गमा अवरोध आउन सक्ने

by समतल अनलाइन

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको जनाएको छ । भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली रहेको उल्लेख गर्दै महाशाखाले बंगालको खाडीबाट अएको जलबास्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर बदली भई केही स्थानमा वर्षा भइरहेको छ । त्यस्तै आगामी २४ घण्टामा केह स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

जसका कारण नदिमा आकस्मिक पानीको वहाव वढ्न सक्ने, पहाडी भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले बिहीबार (आज) दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

त्यस्तै बिहीबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा मध्य तथा पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार दिउँसो देशभर आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने एवं पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार राति देशभर सामान्य रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । पहाडि भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like