न्यून चापीय रेखाको प्रभावले आज पनि केही स्थानमा हल्का वर्षाको पूर्वानुमान

by समतल अनलाइन

काठमाडौँ।मनसुनको न्यून चापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ ।

आज दिउँसो मुलुकभर आंशिक बदली भई देशभर हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले सोमबार मंगलबार भने मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

 
 
  
 

You may also like