जनकपुर आउदै गरेको यस्तो छ नेपाली रेल ( तस्विरमा हेर्नुहोस )

by समतल अनलाइन

जनकपुर । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन् ।

२ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । विभागका महानिर्देशक मिश्रले रेलको फोटो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । फोटोमा नेपाली रेल आकर्षक देखिएको छ । छिट्टै रेल सञ्चालन गर्ने तयारी गरेको विभागले आवश्यक कर्मचारीका लागि विज्ञापन समेत खुलाएको छ ।

तस्विरहरु : 

तस्विरहरु : बलराम मिश्रको फेसबुकवाल बाट 

 

 
 
  
 

You may also like