काठमाडौ । नेपालमा थप १४ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १४ सय ५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १०६२ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ४० हजार ६३८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७१.५ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ३७५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ८ लाख ६१ हजार ७८० पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ७ हजार २५० जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १३९ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ७ हजार ६४० जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा २८ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर १७४ जना रहेका छन् ।