थप १०३९ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५४ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १०३९ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १०३९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय ७३ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ३८ हजार ६९७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७१.५ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार १६५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ८ लाख ४० हजार ५२७ पुगेको छ ।त्यस्तै क्वारेन्टाइनमा ६ हजार ५३६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ७ हजार ३८७ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा २३ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर १६९ जना रहेका छन् ।

 
 
  
 

You may also like