आजको मौसम : बदली भई देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

by समतल अनलाइन

काठमाडौं । नेपालमा आज पनि मौसम बदली भई देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा हुने मौसमविदले बताएका छन् । मनसुनी वायुको प्रभावका कारण देशका धेरै स्थानमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् ।

आज (आइतबार) प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको र पर्नसक्ने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।
मौसमविद प्रधानाङ्गका अनुसार आज दिउँसो पनि प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव रहिरहने हुनाले भोलि र पर्सी पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिएका छन् ।

आज प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना भएकाले ती ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

 
 
  
 

You may also like