काठमाडौं । नेपालमा थप १२ सय १ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ४१६ महिला र ७८५ पुरुष गरि कुल १२०१ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार २६० रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८५२ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ३७ हजार ५२४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७०.६ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार १७६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ८ लाख ३१ हजार ३६२ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार १५३ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा २४ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर १६० जना रहेका छन् ।