शैक्षिक क्षेत्रमा कोरोना महामारीको असर बिषयक अन्तरक्रिया

by समतल अनलाइन

बुटवल । नमस्ते नेपालको एनएनसिसिएमतिले बिहिबार रुपन्देहीको तिलोत्तमा अन्तरक्रिया कार्यक्रम गरेको छ । नमस्ते नेपालको एनएनसिसिएमतिले कोरोना महामारीका कारण शैक्षिक क्षेत्रमा असरका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी बाणिज्य क्याम्पसका प्राचार्य डा तारा प्रसाद उपाध्यायले कोरोना महामारीले चालु शैक्षिक सत्रमा गहिरो प्रभाव पारेको बताउँदै दशैँ पछी परिक्षाको मोडालिटी अलिकति फरक बनाएर भएपनि रोकिएका परिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै न्यू लाइट कलेजका प्राचार्य रमेश ज्ञवाली, दुर्गादत्त माध्यमिक विद्यालयका प्राचार्य चन्डी पाण्डेलगायतले बोल्दै महामारीसँग जुध्दै शैक्षिक क्षेत्रलाई गतिशिलता प्रदान गर्न आवश्यक रहेको बताएका थिउ । कार्यक्रम नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता र  हरि न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like