रुपन्देहीमा बिहिबार थपिए ३१ जना कोरोना संक्रमित , जिल्लामा जम्मा संक्रमितको संख्या १४३१ जना पुग्यो

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा बिहिबार ३१ जना कोरोना संक्रमण थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा २० जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले जारी गरेको बिज्ञप्तिमा बुटवल उपमहानगरमा १६ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, मायादेबी गाँउपालिकामा ४ जना, देवदह नगरपालिकामा २ जना र तिलोत्तमा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

रुपन्देहीमा बिहिबारसम्म १४३१ जनामा संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भईसकेको छ । जिल्लामा ७४७ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

 
 
  
 

You may also like