मेघगर्जन र चट्याङसहित बर्षा, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । नेपालमा अझै तीन दिन मौसम बदली रही बर्षा हुने मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै विभागले आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको छ ।

 

 
 
  
 

You may also like