बाँकेका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु

by समतल अनलाइन

नेपालगन्ज। बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो ।

१५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई बाँकेस्थित इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा राखिएकोमा १८ गते मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।

तीन वर्षदेखि मुटुरोगको समस्यासमेत रहेका उनको कोहलपुरमा उपचारका क्रममा आइतबार राति साढे ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।योसँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या सात पुगेको छ ।

 
 
  
 

You may also like