आजको मौसम : मेघगर्जन र चट्याङसहित बर्षा, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं। नेपालमा अझै पानी पर्ने क्रम जारी रहेको मौसमविदले बताएका छन् ।आज (आइतबार) पनि देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श समेत जारी गर्दै प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसमविदले यी स्थानमा भारी बर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तो रहने छ तीन दिनको मौसम
भदौ २१ गते (आइतबार)
दिउँसो– देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति–देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भदौ २२ गते (सोमबार)
दिउँसो–देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश–५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति–देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश–५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भदौ २३ गते (मंगलबार)
दिउँसो–देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति–देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

 

 
 
  
 

You may also like