आगामी तीन दिनसम्म देशभर मौसमी गतिविधि बढ्ने

by समतल अनलाइन

काठमाडौँ । पानी पार्ने मौसमी प्रणाली मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै आएकाले आगामी तीन दिनसम्म देशभर मौसमी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले औसत स्थानबाट केही माथि सरेरको कारण यस्तो भएको हो । महाशाखाका अनुसार बुधबारदेखि शुक्रबारसम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ ।

महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा मनसुनी न्यून चापीय रेखा पूर्वी भाग औसत स्थानभन्दा केही माथि नेपाल नजिक रहेको जनाएको छ । सो बुलेटिनमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको बताइएको छ ।

 
 
  
 

You may also like