यस बर्षको पितृपक्ष अर्थात् १६ श्राध्द प्रारम्भ

by समतल अनलाइन

प. लोकेन्द्र सापकोटा स्याङ्जा
आश्विन कृष्णपक्ष अर्थात् पितृपक्षको सुरुवात भएको छ यसबर्ष मलमासको कारणले एक महिना अगाडि सरेको सोह्रश्राध्द यस बर्ष भाद्र १७ देखि असोज १ गतेसम्म रहने छ ।

शुक्लपक्षको पुर्णिामा देखि कृष्णपक्षको औंशि सम्म १६ तिथिमा सोह्र्श्राध्द पर्ने गर्दछ श्राध्द लाई पितृयज्ञ पनि भनिन्छ भबिस्यपुराणका अनुसार देशकाल पात्रमा श्रद्धाले बिधिपुर्बक पितृले पाउन भनेर गरेका कार्य श्राध्द हो “श्रद्धया क्रियते यत्र तच्छाध्द्म परिकीर्तितम ” अर्थात पित्री तृप्तिका उदेश्यले जो कार्य श्रद्धापुर्बक गरिन्छ त्यसैलाई श्राध्द भनिन्छ  ।

प्रत्येक छोरा छोरी आमाबाबु बाट पालन हुन्छ शास्त्र अनुसार उसलाई ऋण लाग्छ र तिर्नु पर्दछ जिवत हुदा सेवा गर्नु र मरेपछि प्रत्येक बर्ष श्राध्द गर्नु परम कर्तव्य हुन्छ श्रद्धा छैन भने गरेको काम लाग्दैन नामगोत्र उच्चारण गरेर छोराले दियको पिण्ड जल तिल परलोक भयका पितृले प्राप्त गर्दछन त्यस्तै यो सोह्रतिथिमा गरिने श्राध्द लाई सोह्रश्राध्द भनिन्छ सोह्रश्राध्द मा श्राध्द गर्नाले पितृहरु बर्ष दिनसम्म तृप्त हुन्छन् ।

पबित्र भयर अधिल्लो दिन एकछाक खायर अर्को दिन शुद्ध भइ सेतो पहेलो फुल, जौ, तिल, जनै ,सुपारी चन्दन लगायतका सामाग्रीले पुजा गरि पितृपक्ष ३ र मातृपक्षको तीन गरि पितृ,पितामह प्रपितामह त्यसैगरी मातामह, प्रमातामह ,वृद्धप्रमातामह लाई विशेष मानी महालय श्राध्द गर्ने गरिन्छ सबै आफना पितृ लाई तर्पण गरिन्छ र बिकर सहित ७ ओटा पिण्ड दिने प्रचलण रहेको छ पिण्ड पुजा गरिन्छ ब्राह्मण तथा कन्या आफन्त लाई भोजन तथा दक्षिणा दिईन्छ पिण्ड नदि तलाउ सेलाउने या गाईलाई खुवाउने प्रचलन छ यसरी दियको पिण्ड पितृहरुले प्राप्त गर्ने बिश्वास गरिन्छ सोह्र श्राध्द गर्नाले पितृहरु खुसी भयर आर्शिबाद दिन्छन श्राध्द गर्दा आशिर्वाद पनि माग्ने गरिन्छ पितृहरु रिसाय भने सन्तानमा हानी हुने हुदा सोह्र्श्राध्दमा श्राध्द गरि पितृखुशी बनाई देवताहरुको पुजा गरिन्छ अर्थात पहिला सोह्रश्राध्द हुन्छ अनि दशै पर्बमा नवदुर्गा भगवतीको पुजा गरिन्छ शास्त्रको भनाई छ यदि पितृ रिसायमा देवताले दियको आशिर्वाद पनि खोस्छन त्यसैले सोह्रश्राध्दको विशेष महत्त्व रहेकोे छ ।

 
 
  
 

You may also like