काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण भएको छ।उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । अहिले आफू होम आइसोलेसनमा बसेको जानकारी दिए ।

दुई दिनअघि स्वाब दिएकामा सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए ।मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।

‘म र श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका थियौं। पीसीआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ,’ मेयर शाक्यले भने।

उनले आफूमा कोरोनाको लक्षण नदेखिए पनि रिपोर्ट भने पोजेटिभ आएको जानकारी दिए ।

 
 
  
 

You may also like