प्रहरी नायब निरीक्षक बिष्टले हरियो मटर तस्कर विरुद्ध खरो उत्रिदा :करिब ३लाख २०हजार मुल्य बारबरको अबैध हरियो मटर प्रहरीको नियन्त्रणमा

by समतल अनलाइन

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका वडा न ३बाउन्नगढि बाट ४०कुन्टल मटर ईलाका प्रहरी कार्यालय सेमरी ले नियन्त्रणमा लिईएको छ । लकडाउनको मौका छोपि तस्करहरुले बाउन्नगढि बाट भारत तर्फ मटर ओसार पसार गर्ने क्रममा हिजो राति ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख भिमसेन बिस्टको नेतृत्वमा गएको प्रहरी टोलिले उक्त मटर नियन्त्रणमा लिएको बताईएको छ । उक्त मटर ३लाख ८०बराबर मूल्य रहेको प्रहरी ले जनाएको छ ।

नियन्त्रणमा लिएको मटर आज आवश्यक कार्वाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको इ.प्र.का प्रमुख नेपाल प्रहरी नायब निरीक्षक भिमसेन बिष्टले जानकारी दिनु भयो।केही दिन मात्र इप्रका सेमरीमा सरुवा भैइ आउनु भएका बिष्ट निकै कडा रुपमा प्रस्तुत हुदा यश क्षेत्रमा तस्करीमा कमि आएको देखिन्छ। त्यसैगरी लकडाउनलाइ पनि पूरा कडाको रुपमा लागू गराउने वहाले अहम भुमिका खेलेको पाइएको छ।

लकडाउनमा पनि विभिन्न सवारी साधनलाइ समेत कार्वाही गरिएको बताइएको छ।मेरो कार्यकालमा कुनै पनि गलत काममा कुनै किसिमको सम्झौता हुन नसकने प्रतिबद्धता जनाउँदै गाउघरमा भएको विभिन्न झैझगडा ,लेनदेन ,जग्गा सम्बन्धि लगायतका समस्याहरु सत्य तथ्य रुपमा छलफल गराइ निर्णय गरिरहेको र कसैको राजनीति हस्तक्षेप हुन नदिएको समेत बताउनु भयो।

 
 
  
 

You may also like