थप ९२७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ३६ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ९२७ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३३४ महिला र ५९३ पुरुषसहित ९२७ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म २० हजार २४२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ५६ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा १० हजार २२९ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ६ लाख ५८ हजार ११० नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै क्वारेन्टाइनमा ९ हजार ९३९जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ५७३ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ४४६ जना रहेका छन् ।अहिले आइसीयुमा उपचारत संक्रमितको संख्या १६४ जना रहेका छन् भने भेन्टिलेटरमा राखेर उपचारत कुल २२ रहेका छन् ।

 
 
  
 

You may also like