कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लगाएको जापानी अनुसन्धानकर्ताको दाबी

by समतल अनलाइन

काठमाडौं। जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेको दाबी गरेका छन् ।ओजोन ग्याँसको मद्दतबाट भाइरस नष्ट गर्न सकिने उपाय पत्ता लागेको उनीहरूको दाबी छ । यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व (०.०५ देखि ०.१ पीपीएम) को ओजोन ग्याँसबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेको दाबी गरेको हो ।

मानिसलाई हानी नपार्ने मात्राको ओजोन ग्याँसबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेको वैज्ञानिकको दाबी छ । अनुसन्धानकर्ताले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्याँस मानिसका लागि सुरक्षित देखिएको छ ।’ बीबीसीबाट

 
 
  
 

You may also like