एसपी अधिकारी एक्सनमा : १ महिनामै करिव ४५ लाख १३ हजार बराबरको अवैध मालसमान बरामद

by समतल अनलाइन

नवलपरासी । नेपाल र भारतको सीमामा जिल्ला सशस्त्र प्रहरी बल नेपाल २६न :गण पश्चिम् नवलपरासी सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले निगरानी बढाएका छन ।

एसपी अधिकारीले सीमामा निगरानी बढाउनसाथ करीब ४५लाख १३ हजार ६ सय बराबरको मालसमान बरामद भएको हो । केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला एसपी आधिकारीको निगरानी बढेको बताइएको छ ।सशस्त्र प्रहरीले नवलपरासीको विभिन्न ठाउमा भन्सार छलीका सामानहरु बरामद गरेका छन् ।

जिल्ला सशस्त्र प्रहरी कार्यालय नवलपरासीबाट खटिएको सशस्त्र प्रहरी टोली र सशस्त्र प्रहरी बर्डर आउट पोस्ट हरपुरका संयुक्त टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर (४लोह रौली टोल स्थित भारत तर्फ बाट कपडा,सुपारी ,फर्चुन ,तेल ,हार्डबेयर,चल्ला, समान नेपाल तर्फ र नेपाल बाट भारत तर्फ हरियो मटर केराउ लग्ने क्रममा मुल्य करिब २१लाख बराबरको मालसामान र त्यसै गरि एसपी अधिकारी कै निर्देशनमा सशस्त्र प्रहरी बर्डर आउट पोस्ट झुलनिपुर सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलले आउने बितिकै राती गस्ती गर्ने क्रममा हरियो मटर केराउ ,चला,कुखुरा गरि करिब१३लाख बराबरको मालसमेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय महेशपुर नवलपरासीमा बुझाइएको छ ।

त्यस्तै जिल्ला सशस्त्र प्रहरी बल नेपाल २६न:गण पश्चिम् नवलपरासी मातहत सशस्त्र प्रहरी गोपिगन्ज नवलपरासी बाट खटिएको सशस्त्र प्रहरी टोलिले प्रतापपुर गाउपालिका वडा न.३ स्थितमा राती गस्ति गर्ने क्रममा सशस्त्र प्रहरीले करिब ११लाख १३हजार ६सयको चल्ला , खसी , कुखुरा अबैध रुपमा भारतबाट नेपाल तर्फ र हरियो मटर केराउ नेपालबाट भारत तर्फ अबैध रुपमा भन्सार छलि भारत तर्फ लैजाने क्रममा अबैध सामान बरामद गरेको छ । आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर नवलपरासी बुझाइएको जिल्लाको सशस्त्र प्रहरी नायब उपरीक्षक (D.s.p)रोशन घिमिरेले जनकारी दिए ।

 
 
  
 

You may also like