चितवनमा थप ४० जनामा कोरोना संक्रमण

by समतल अनलाइन

चितवन। चितवनमा आज (बुधबार) विहानै थप ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमध्ये ३६ जना भरतपुर महानगरपालिकाका छन् ।

भरतपुर अस्पताल कोभिड ल्याबमा गए राति गरिएको परीक्षणअनुसार भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् । भरतपुर महानगरपालिका २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५ र १६ नम्बर वडामा संक्रमितहरु फेला परेका छन् ।

यसैगरी रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ । रत्ननगर नगरपालिकाको वडा नं. १, ६ र १३ मा २ महिला तथा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु २४ वर्षदेखि ७१ वर्ष उमेर समूहका छन् ।

यस्तै खैरेनी नगरपालिका–१ मा २६ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड ल्याबमा गए राति नै गरिएको परीक्षणमा नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका १–१ जनामा कोरोना पुष्टि भएको ल्याब प्रमुख डा. नीतु अधिकारीले जानकारी दिएकी छिन् ।

 

 
 
  
 

You may also like