नेपालमा थप ८५५ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ८५५ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर २७१ महिला र ५८४ पुरुषसहित ८५५ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार २५० रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १९ हजार ११९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ५७ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ११ हजार ३२७ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ६ लाख २१ हजार ९०१ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै क्वारेन्टाइनमा १० हजार ४५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५८१ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ५ हजार ६६९ जना रहेका छन् ।

अहिले आइसीयुमा उपचारत संक्रमितको संख्या १३८ जना रहेका छन् भने भेन्टिलेटरमा राखेर उपचारत कुल १५ रहेका छन् ।

 

 

 
 
  
 

You may also like