भरतपुर अस्पतालको परिक्षणमा १७ जनालाई कोरोना पुष्टि

by समतल अनलाइन

चितवन । भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।अस्पतालले भदौ ८ गते ४०५ नमुना परिक्षण गरेकोमा २० जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा १५ जना चितवनका रहेका छन् भने मकवानपुर र नवलपुरका एक एक जना रहेका छन् ।

चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरको वडा नम्बर ३, १०, ११, १२ र १५ का ९ जना रहेका छन् भने रत्ननगरको वडा नम्बर ५ र १० का २ जना तथा राप्तीको वडा नम्बर २ र ८ का ४ जना रहेका छन् ।

भरतपुर अस्पतालएल यो विवरण भदौ ८ गते राति १० बजेसम्मको परिक्षणको भएको जानकारी दिएको छ ।

 
 
  
 

You may also like