कोरोनाले सङीत क्षेत्रलाइ पनि असर पारेको छ,गायक रन्जितले भने

by समतल अनलाइन

प्रमोद सहनी
रौतहट । दिनप्रतिदिन कोरोनाको सन्क्रमण बढ्दै गएको अबस्था र देशभरी नै समुदाय स्तरमै कोरोना फैलिइसकेको अबस्थामा नेपाली,भोजपुरी,मैथिली चलचित्र गरि दुई दर्जनभन्दा बढी चलचित्रका गीतमा स्वर दिइसकेका गायक रन्जित कुमार सहनीले सबैलाइ सजग भएर घरमै बस्न आग्रह।

(आफू र आफ्नो परिवार समुदायलाइ कोरोनाबाट जोगिन र जोगिएर बचाउन बेला बेलामा साबुन पानीले हात धुन,स्यानिटाइजर प्रयोग गर्न र सामाजिक दुरि कायम गरेर आबश्यक काम गर्न आग्रह गरेका छन भने अति आबश्यक काम नभए घरमै बस्न उत्तम हुन्छ भनेर सुझाएका छ्न।

(रौतहट गरुडा नगरपालिका वडा न।२ गेडही गुठीमा जन्मेका गायक रन्जित कुमार सहनीले २०६५ सालमा आफ्नो पहिलो गीत ूमाया दियौ चोखो मायाूआफ्नै शब्द सङीतमा रचना भएको गीत रेकर्ड गरि साङीतिक क्षेत्रमा पहिलो पाइला चाले,त्यसपछी दोस्रो गीत ूबादलझै उड्छु झरना झै झर्छु भन्छ्यौू २०६८ सालमा रेकर्ड गरे ,त्यसपछी चलचित्रका गीतहरुकोलागी अफर आउन थाले,चलचित्र गोरे,फागु,धनवान्,स्काउट,सहारा बेसहारा,अग्नि,हिरोज,भोजपुरी चलचित्र जय गढीमाइ,मैथिली चलचित्र मधेशी पुत्र लगायत दुई दर्जन भन्दा बढी चलचित्रमा स्वर भरिसकेका छ्न।

(अहिलेसम्म गायक रन्जिले बरिष्ठ सङीतकार शम्भुजीत बास्कोटा,वसन्त सापकोटा,बिकास चौधरी,टन्क बुढाथोकी,नरहरी प्रेमी,प्रहलाद भक्त जस्ता चर्चित तथा दिग्ग्ज सङीतकारका सङीतमा स्वर भरिसकेका छ्न भने अब निकट भबिष्यमै चर्चित बरिष्ठ सङीतकार आलोकश्री र चर्चित गीतकार एस।पी।कोइरालाको शब्दमा सजिएको गीत मेरो स्वरमा रेकर्ड हुने कुरा बताए।

गायक रन्जित भन्छ्न कोरोनाले गर्दा हरेक क्षेत्रलाइ प्रभाव पारेका छ्न,हरेक क्षेत्रका मान्छेलाइ काम गर्न असहज परिस्थितिको सिर्जना भएको छ र यसबाट सङीत,चलचित्र क्षेत्र पनि अछुतो रहेनन्न,कोरोनाले गर्दा सङीतकर्मी चलचित्र कर्मीलाइ पनि काम गर्न गाह्रो भएको छ र काम छोडेरै बस्नुपरेको अबस्था छ्न,यसले गर्दा हरेक क्षेत्रको अर्थ ब्यबस्थामा नकरात्मक असर परेको छ,गायक रन्जितले भन्छ्न मैले आफुले ४र५ वटा गीतको रेकर्डिङ थाती राखेर घरमै बसेको छु,ज्यान जोगिए पछि काम गरिन्छ गीत गाइन्छ्न ,पहिला स्वास्थ्य ठुलो कुरा हो।

त्यही भएर फेरि पनि भन्छु सबै जना सजग भएर बस्नु होला,सुरक्षित भएर बस्नु होला,ज्यान जोगिए मात्र,आफू स्वस्थ भएर जस्तो पनि काम गर्न सकिन्छ,सन्सार जित्न सकिन्छ।

फेरि पनि सबै जनालाइ घरमै सुरक्षित साथ बस्न आग्रह गर्दछु।

 
 
  
 

You may also like