पीसीआर परीक्षणमा अहिलेसम्म तीन अर्ब १९ करोड खर्च

by समतल अनलाइन

काठमाडौँ । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि हालसम्म रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

एक जना कोरोना पोजेटिभ पत्ता लगाउन रु एक लाख चार हजार खर्च हुने गरेको उनले बताए ।

एक जना सङ्क्रमितलाई अति सघन कक्षमा राखि उपचार गर्नुपरेमा ३० दिनमा चार लाख ५० हजार खर्च हुने गरेको प्रवक्ता डा. गौतमले जानकरी दिएका छन् ।

 
 
  
 

You may also like