काठमाडौं उपत्यकामा तीनसहित कोरोनाबाट थप ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा तीनसहित थप ६ जनाको ज्यान गएको छ ।पछिल्लो १८ घण्टाभित्रै थप ६ संक्रमितको मृत्यु भएको छ । जसमध्ये आज ९शुक्रबार० बिहान मात्रै चार जनाको मृत्यु भएको छ । तीमध्ये पाटन अस्पतालमा २ जना र रुपन्देही र चितवनमा गरी २ जना छन् ।

यस्तै बिहीबार साँझ काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको छ । यसैगरी विराटनगरमा पनि बिहीबार राति कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिएका छन् ।

विराटनगर महानगरपालिका कोभिड–१९ टिम सुपरभाइजर हैदर अलिका अनुसार ती पुरुषले गत साउन २ गते कोशी अस्पतालको प्रयोगशालामा स्बाव संकलन गराएका थिए । भोलिपल्टै त्यसको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनी आफ्नै आइसोलेसनमा बसेका थिए ।

 

 
 
  
 

You may also like