गुल्मीमा दुई जनाको शव फेला

by समतल अनलाइन

गुल्मी ।गुल्मीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ ।जिल्लाको मालिका गाउँपालिका–७ घमिरको लक्ष्मी होटलमा सोही वडाका ३६ वर्षिय बक बहादुर विक मृत भेटिएका छन । गए रातिदेखि अत्याधिक मदिरा सेवन गरेका वि.क. बिहान मृत अवस्थामा भेटिएको होटल सञ्चालकलाई उदृत गर्दै गुल्मी प्रहरीले जनाएको छ ।

त्यस्तै यता जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ पालुवामा पनि एक पुरुषको शव फेला परेको छ । सोही वडाका वर्ष ३१ वर्षिय चुरा बहादुर कुंवर घरदेखी करिब १ एक सय ५० मिटर पर आफनै बारीमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार प्रसाद पन्थले बताए ।

कुंवरले पनि गएराति देखी अत्याधिक मदिरा सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाबारे गुल्मी प्रहरीले थप अनुसन्धान थालेको छ ।

 
 
  
 

You may also like