73
बुटवल ।कोरोेना भाइरस संक्रमणबाट बुटवलमा फेरी एक जनाको मृत्यु भएको छ ।बुटवल धागोकारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।मृत्यु हुनेमा प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुष रहेका छन् ।
उनको उपचारको क्रममा शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।यससँँगैै सो अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए ।साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा रहेको अवस्थामा गरिएको पीसीआर परिक्षणमा पोजिटिभ रिपोर्ट आएको र स्वास्थ्यमा समस्या देखिएपछि बुटवल कोरोना विशेष अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो ।