एसपी केसिले फेरि गरे अर्को अप्रेसन : १३ लाख ५८ हजार मुल्य बराबरको पिकअप गाडी, युरिया मल,भैंसी र मटर (केराउ) प्रहरीको नियन्त्रणमा ।।

by समतल अनलाइन

पश्चिम् नवलपरासी। प्रहरी प्रमुख अजय केसिले जिल्लामा आए देखि अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न शुरु गर्नु भएको छ।बेला बेला भारतबाट नेपाल तर्फ अबैध रुपमा निर्यात गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो।एसपी केसिकै बिशेष निर्देशनमा प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट १३ लाख ५८ हजार मुल्य बराबरको १ पिकअप गाडी, ४० बोरा युरिया मल, २ बटा भैंसी, १ भैमसीको पाडो र ४७५ के.जी. हरियो मटर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी कुडियाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहान समयमा सुस्ता गाउँपालिका वडा नं. २ कुडिया स्थितमा रामनगरबाट कुडिया तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ च ०३१२ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा ४० बोरा युरिया मल फेला पारी सोधपुछ गर्दा उक्त मलसंग सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले उक्त गाडीको चालक सहित पिकअप र युरिया मल नियन्त्रणमा लिएको छ । बरामद युरिया मल प्रति बोरा ७५० का दरले ४० बोराको ३० हजार मुल्य बराबर र पिकअपगाडीको मुल्य १२ लाख गरी जम्मा १२ लाख ३० हजार मुल्य बराबर रहेको छ ।

त्यसैगरी बिहान ०७:४० बजेको समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको २ वटा भैंसी र १ भैंसीको पाडो सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ झरही खोलाबाट नियन्त्रणमा लिएको छ । उक्त २ भैंसी र पाडोको अं. मुल्य ९० हजार बराबर रहेको छ ।
त्यसैगरी जिल्लाको भारतिय सिमावर्ती एरियाबाट अं. ३८ हजार मुल्य बराबरको ४७५ के.जी. हरियो मटर (केराउ) पनि प्रहरीले बरामद गरेको छ । बिहान ०७:३० बजेको समयमा नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको ५ बोरामा १२५ के.जी. हरियो मटर प्रतापपुर गाउँपालिका वडा नं. ४ हरपुराबाट प्रहरी चौकी पाचपेडाको प्रहरी टोलीले बरामद गरेको छ भने दिउसो १४:१५ बजेको समयमा सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट ९ बोरामा ३५० के.जी. हरियो मटर सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले बरामद गरेको छ । उक्त मटर साईकलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली साईकल सहित मानिस भागेका थिए ।
आज नियन्त्रणमा लिईएको १ पिकअप गाडी, १ जना चालक, ४० बोरा युरिया मल, २ भैंसी, १ भैंसीको पाडो र ४७५ के.जी. हरियो मटर आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सूचना अधिकारी डिएसपी राजु लामाले बताए ।

 
 
  
 

You may also like