काठमाडौं । नेपालमा थप ६८१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर २१६ महिला र ४६५ पुरुष गरि कुल ६८१ संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ११८ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १७ हजार ७०० जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६१.२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा ११ हजार ५२२ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ५ लाख ५४ हजार ३५४ नमुनाको पिसिआर परिक्षण भएको छ ।
त्यस्तै अहिले देशभरमा १३ हजार ५७१ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ९८७ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ हजार १३१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
आइसीयुमा जम्मा १३१ जना रहेका छन् भने भेन्टिलेटरमा जम्मा ६ जना रहेका छन् भने सबै बागमती प्रदेशमा रहेको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा कोरोनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ र बर्दियामा एकएक जना तथा भक्तपुर, मोरङ, चितवन र सुनसरीका एक एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।