पहिरोले घर बगाउँदा ४ जना वेपत्ता

by समतल अनलाइन

बझाङ । बझाङको बुङ्गल नगरपालिका – ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ ।

गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उनका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएकी पिललासहित उनका १६ वर्षीया छोरा अनिल र १० वर्षीया छोरी सन्तोषीको खिरापढी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अर्की छोरी १८ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परेर २ वटा गाई र तीन वटा बाख्रा पनि मरेका छन् । एक हप्ताअघि नै पहिरोको जोखिममा रहेकाले सुरक्षित ठाउँ मिलाइदिन आग्रह गर्दै नगर र वडा कार्यालयमा जानकारी पनि गराएको स्थानीयले बताएका छन् । पिपलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

 
 
  
 

You may also like