नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक कोराना संक्रमितको मृत्यु

by समतल अनलाइन

बाँके । बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना उनको उपचारकै क्रममा ज्यान गएको हो । सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताएका छन् । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

 
 
  
 

You may also like