थप ५८१ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १०७ पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ५८१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले त्यस्तै १७३ महिला र ४०८ पुरुषसहित देशभर कुल ५८१ संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ६३९ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १७ हजार ४९५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६४.२१ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ११ हजार ५२० नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ५ लाख २९ हजार ४२७ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १५ हजार १९८ जना क्वारेन्टाइनमा रहेका छन् भने ७ हजार ३८ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै २ हजार ६०१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

मृत्यु हुनेमा प्रदेश १ मा ११ जना, प्रदेश २ मा ४६ जना, बागमतीमा १९ जना, गण्डकी प्रदेशमा ६ जना प्रदेश ५ मा १३ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जना रहेका छन् । जसमा पुरुष ८१ र महिला २३ जनाको मृत्यु भएको छ ।

उपत्यकामा १६८ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज पनि थप १६८ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा काठमाडौँका १३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like