पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

by समतल अनलाइन

पर्सा । पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पताल प्रशासनका अनुसार संक्रमित हुनेमा १० महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित अधिकांश पर्सा जिल्लाकै छन् । २ जना बाराका बाहेक अरू ४५ जना पर्साकै व्यक्तिहरूमा संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका डाक्टर उदनारायण सिंहका अनुसार संक्रमित हुनेमा नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी पनि रहेका छन् । यस्तै एक जना पत्रकार, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आईसीयूमा अपचारारत २२ बर्षका १ जना पुरूष र ४२ वर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका १३ जना, पोखरिया नगरपालिकाका १२ जना, बहुदरमाइ नगरपालिका १ जना पुरुष तथा बाराको महागढीमाई र कलैयाका एक/एक जना पुरूषमा संक्रमण पुष्टि भएको डा.सिंहले जानकारी दिए ।

 
 
  
 

You may also like