थप ४६८ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या २६ हजार १९ पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ४६८ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ४६८ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार १९३ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२४ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १७ हजार २०१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६६।१ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ११ हजार ५७५ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ५ लाख ५ हजार ६६० नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा १४ हजार ४४८ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ९८ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै देशभर ४ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

मृत्यु हुनेमा प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमतीमा १८ जना, गण्डकी प्रदेशमा ६ जना प्रदेश ५ मा १३ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जना रहेका छन् । जसमा पुरुष ८० र महिला २२ जनाको मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like