थप ५२५ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ५२५ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ५२५ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार २५ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १६ हजार ८३७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६८.४ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ९ हजार ८५९ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख ८३ हजार २८ नमुनाको पिसिआर परिक्षण भएको छ ।त्यस्तै अहिले देशभरमा १४ हजार ७६९ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार २५ जना आइसोलेसनमा रहेका छन् ।अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ५ जिल्ला कोरोना मुक्त भएका छन् । जसमा संखुवासभा, मनाङ, मुस्ताङ, डोल्प्पा र हुम्ला रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनामा ४ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।मृत्यु हुनेमा प्रदेश १ मा ८ जना, प्रदेश २ मा ३९ जना, बागमतीमा १८ जना, गण्डकी प्रदेशमा ६ जना प्रदेश ५ मा १२ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा ८ जना रहेका छन् । जसमा पुरुष ७३ र महिला २२ जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा आज पनि थप १२७ जना कोरोना संक्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १२७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । नयाँ संक्रमितमा काठमाडौँका १११ जना, ललितपुरका ११ जना र भक्तपुरका ५ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like