काठमाडौंमा टाउको बिनाको शव फेला

काठमाडौं। गोंगबुस्थित गणेशस्थानमा विभत्स हत्या भएको छ । हत्यापछि सुटकेशमा फालेको अवस्थामा शव फेला परेको छ ।घटनाबारे प्रहरीले अहिले अनुसन्धान अघि बढाएको छ । घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ ।घटनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष छन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।
पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोलीले घटनास्थलको निरीक्षण गरेका छन् । सो क्षेत्रमा अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 
 
  
 

You may also like