संसद सचिवालयका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार उनीमा वीर अस्पतालमा पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको हो ।

२ साताअघि संसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो । टोलीका सांसद यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका ८ कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । जसमा प्रवक्ता पाण्डेको रिपोर्ट पोजेटिभ आएको हो ।

 
 
  
 

You may also like