प्रचण्डको सुरक्षामा खटिने ६ सुरक्षाकर्मी कोरोना संक्रमित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिने ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरूमा कोरोना संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । स्कर्टिङ गर्ने सुरक्षाकर्मीको रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण दर तीव्र देखिएपछि प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको कोरोना जाँच गरिएको थियो।

यसअघि सभामुख अग्नि सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको थियो ।

 
 
  
 

You may also like