प्रहरी मुख्यालयमा कार्यरत थप १० जनामा कोरोना पुष्टि

काठमाडौं।प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मुख्यालयमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र सम्पर्कमा आउनेको स्वास्थ्य परीक्षण गर्दा थप जनाको पनि रिपोर्ट पोजेटिभ देखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

संक्रमण पुष्टि भएका १० जनालाई बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको छ। संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कडायतले बताए ।

पहिले ४ जनामा कोरोना पुष्टि भएपछि उनीहरूको कन्ट्रयाक्टमा रहेका अन्य प्रहरीको स्वाब परीक्षणको काम अहिले जारी छ ।

अहिलेसम्म देशभरका विभिन्न स्थानमा काम गर्ने २ सय प्रहरी कर्मचारी कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ११९ जना निको भएका छन् ।

 
 
  
 

You may also like