सवारीसाधनमा आजदेखि जोर/विजोर प्रणाली लागू हुने

काठमाडौँ । सरकारले आजदेखि काठमाडौं उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीसाधनमा जोर/विजोर प्रणाली लागू हुने बताएको छ ।

गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार कोरोना संक्रमण बढेकोले बिहीबारदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको हो । यस्तै उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर/विजोर प्रणाली लागू हुनेछ । अब जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन् ।

गृहले साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न पनि निर्देशन दिएको छ ।

यस्तै, सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोनाको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।

 
 
  
 

You may also like