काठमाडौं । नेपालमा थप ३८१ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३८१ जना संक्रमित थपिएको जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १७४ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २१ हजार ३९०पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १५ हजार १५६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७०.८ रहेको प्रवक्ता गौतमले बताएका छन्
त्यस्तै पछिल्लो २४ घन्टामा ७ हजार ६८७ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख १२ हजार ९५३ नमुनाको पिसिआर परिक्षण भएको छ ।
त्यस्तै अहिले देशभरमा ९ हजार ९२५ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार १७४ जना आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ७ जिल्ला कोरोना मुक्त भएका छन् । खोटाङ, धनकुटा, रुकुम पश्चिम, मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा र भोजपुर रहेका छन् ।नेपालमा अहिलेसम्म कोरोनाबाट ६० जनाको मृत्यु भएको छ ।