क्वारेन्टिनका सुरक्षागार्डद्वारा जलेर आत्मदाह

बुटवल । रुपन्देहीमा एक युवकले आत्मदाह गरेका छन । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह-५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् ।

जलेर गम्भीर घाइते भएका भएका उनको पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

आगोले जलेर गम्भीर घाइते भएका बस्याललाई देवदह मेडिकल कलेजमा दुई घण्टा उपचार पश्चात पाल्पा मिसन अस्पताल लैजाने क्रममा बाटोमै स्वास्थ्य अवस्था जटिल देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याएको थियो ।

बस्याल देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान शुरु भइसकेको डीएसपी राठौरले बताए ।अनलाइन खबरबाट

 
 
  
 

You may also like