121
गुल्मी । गुल्मीको रुरु गाउँपालिका वडा नं ५ स्थित आटिपाटामा आज गएको पहिरोमा परि चार जनाको मृत्यु भएको छ । भारतमा रोजगार गर्दै आएका राजु माझीको घर पहिरोमा पूरीदाँ त्यहाँ रहेकी उनकी श्रमती र तीन जना छोराछोरी पहिरोमा पुरिएको स्थानीय पत्रकार सुरेश थापाले समतल अनलाइनलाई जानकारी दिए । पहिरोमा राजु माझीकी श्रीमती बिना माझी र उनको एक छोरी र दुई छोराको मृत्यु भएको हो ।
थापाका अनुसार सबै शवहरु अहिले स्थानीयले पहिरोबाट निकालेका छन् । प्रहरी र वडाका जनप्रतिनीधिहरु भने अविरल पानी परेको बर्षाका कारण घटनास्थलसम्म पुग्न सकेका छैनन् ।