पश्चिम्न नवलपरासी प्रहरी प्रमुख केसिले केराउ मटर तस्करहरुको संजाल तोडदै

करिब १ लाख ३० हजारको अबैध मटर प्रहरीको नियन्त्रणमा
नवलपरासी।नवलपरासीको सीमा क्षेत्रबाट १ लाख ३० हजार मूल्य बराबरको अबैध मटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराती प्रतापपुर गाउँपालिका वडा नं.४ र सरावल गाउँपालिका वडा नं. ६ को सिमा बर्गदवा चोक भन्दा दक्षिण स्थित दशगजाबाट रातीको समयमा नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै (२६) बोरा करिब १ लाख ३० हजार मुल्य बराबरको मटर ( केराउ) प्रहरी चौकी पचपेडाले नियन्त्रणमा लिएको हो।

उक्त मटर (केराउ) मानिसहरुले साईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि उनीहरु बोरा फाली भगेका थिए ।
नियन्त्रणमा लिइएको मटर (केराउ)र साईकल आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

 
 
  
 

You may also like