त्रिशूलीमा खस्यो मालबाहक कन्टेनर

चितवन।विराटनगरबाट काठमाडौँका लागि छुटेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा बिहान पौने ९ बजेतिर कन्टेनर त्रिशूलीमा खसेको हो ।

गाडीका चालक सिन्धुपाल्चोक बाह्रबिसे ३ का ३५ बर्षीय राजेन्द्र बस्नेत हाम्फालेर बाँच्न सफल भएका छन् भने गाडी पुर्णरुपमा त्रिशुलीमा डुबेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।बस्नेत सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको हाइवे हस्पिटल मुग्लिनमा उपचार भइरहेको छ । कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ ।बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

 
 
  
 

You may also like