अझै सन्चालनमा आउन सकेन गुल्मीको रिडि-वामी सडकखण्ड

गुल्मी । बर्षाको कारण पहिरो जादा गुल्मीको रिडि-वामिटक्सार सडकखण्ड ३ दिनदेखि अवरुद्ध भएको छ ।
गत शनिवार कालिगण्डकी करिडोर अन्तर्गत जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को (पुल क्याम्प) खोपा भन्ने स्थानमा ठूला चट्टानसहित पहिरो खसेकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

ठूला ढुंगासहित पहिरो खसेकाले तुरुन्त सडक खुलाउन समस्या पर्दै आएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । पानी पर्ने क्रम रोकिए सोमबार साँझसम्म सडक खुल्न सक्ने बताइएको छ ।

पहिरो हटाउन स्काभेटरहरु प्रयोग गरिए पनि पानी परिरहेकाले समस्या परेको छ । सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

अविरल वर्षाका कारण गुल्मी जिल्लाका ग्रामिण भेगका अधिकांश सडक जोखिमयुक्त र अवरुद्ध बनेका छन् ।

 
 
  
 

You may also like